एनभिएलको फाइनलमा पुग्न काठमाडौँ र कर्णाली भिड्दै
hamrakura.com · Fri Sep 11 00:00:00 GMT 2026
काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को फाइनल प्रवेशका लागि आज काठमाडौँ रेड्स र कर्णाली शिवराजबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा साँझ ६ः०० बजे खेल हुनेछ ।
एनभिएलमा काठमाडौँ र कर्णाली दुवै जित्ने दाउमा छन्। लिग चरणमा पाँच–पाँच खेल खेलेका दुवै टोलीले चार खेलमा जित र एक खेलमा हार व्यहोरेका छन् । लिग चरणमा काठमाडौँले कर्णालीलाई ३–२ सेटले पराजित गरेको थियो ।
Read full story at source (hamrakura.com)