विपक्षीले आज पनि खोजे प्रधानमन्त्री, बहुमतको दम्भ देखाएको आरोप
annapurnapost.com · Tue May 26 09:18:36 GMT 2026

काठमाडौं : प्रतिनिधिसभाको आजको वैठकमा विपक्षी दलका सांसदहरुले प्रधानमन्त्री बालेन शाहको खोजी गरेका छन् । विपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले, श्रम सँस्कृति पार्टी, राप्रपाका सांसदहरुले प्रधानमन्त्री उपस्थित नभएसम्म सदन अगाडि बढ्न नसक्ने भन्दै उभिएर विरोध जनाएका छन् ।
विपक्षी दलहरुले प्रधानमन्त्री शाह सदनमा उपस्थित नभएर वहुमतको दम्भ देखाएको आरोप लगाएका छन् । आजको वैठकमा प्रधानमन्त्री शाहले विधेक पेस गर्ने कार्यसूची थियो । प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री सोविता गौतमले विधेयक पेस गर्ने तयारी भएपछि विपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका हुन् ।
Read full story at source (annapurnapost.com)