चुनावी हारको कारण खोज्दै एमाले
gorkhapatraonline.com · Fri Sep 11 04:06:18 GMT 2026

राजनीतिक दलका लागि चुनाव जित्नु जति महत्वपूर्ण हुन्छ, हारको कारण पहिचान गर्नु त्योभन्दा बढी महत्वपूर्ण मानिन्छ किनभने जितले आत्मविश्वास दिन्छ भने हारले आत्मसमीक्षाको अवसर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले निर्वाचनको छ महिनापछि पछिल्लो आमनिर्वाचनमा बेहोरेको अपेक्षाभन्दा कमजोर परिणामपछि तयार भएको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन प्रतिवेदन यतिबेला पार्टीभित्र मात्रै होइन, राष्ट्रिय राजनीतिमा समेत बहसको विषय बनेको छ ।
एमालेले प्रतिवेदनलाई अझै औपचारिक रूपमा सार्वजनिक गरेको छैन तर पार्टीको आन्तरिक स्रोतबाट बाहिरिएको प्रतिवेदनले एउटा महत्वपूर्ण तथ्य उजागर गरेको छ । निर्वाचनमा भएको पराजयलाई एमालेले केवल बाह्य शक्ति, सत्ता गठबन्धन वा प्रतिकूल राजनीतिक परिस्थितिको परिणामका रूपमा मात्र व्याख्या गरेको छैन । आफ्नै सङ्गठनात्मक कमजोरी, नेतृत्व शैली, जनतासँगको दुरी र बदलिँदो जनअपेक्षा बुझ्न नसक्नु नै पराजयको प्रमुख कारण भएको निष्कर्ष निकालेको छ ।
Read full story at source (gorkhapatraonline.com)