बाढीपहिरोका कारण आज कुन कुन सडकमा छ अवरोध ?
corporatenepal.com · Fri Sep 11 04:08:02 GMT 2026

काठमाडौँ । बाढीपहिरो तथा सडक मर्मतको कामका कारण बागमती प्रदेशका विभिन्न प्रमुख राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। कतिपय सडकखण्ड पूर्णरूपमा बन्द छन् भने केहीमा जोखिमलाई मध्यनजर गर्दै एकतर्फी यातायात सञ्चालन गरिएको छ। काभ्रेमा बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सवारी आवागमनमा प्रतिबन्ध लगाइएको छ । उक्त सडकमा विशेषगरी १० टनभन्दा बढी भार भएका मालवाहक सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पहिरो तथा सडकको अवस्थाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। मुख्य राजमार्गमा समेत अर्को सूचना जारी नभएसम्म यातायात सञ्चालन गर्न रोक लगाइएको जनाइएको छ। नुवाकोटमा पनि सडकको अवस्था जोखिमपूर्ण बनेको छ। शिवपुरी गाउँपालिकाको धट्टेखोलालगायत क्षेत्रमा पहिरोको जोखिमका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। वेत्रावती नगरपालिका–१० सिमटारस्थित पासाङल्हामु सडकखण्ड भने पूर्ण रूपमा बन्द रहेको छ।
Read full story at source (corporatenepal.com)