बाढीले बिथोलेको ‘सुरुङ सपना’
nepalnews.com · Fri Sep 11 04:15:47 GMT 2026

रसुवा बाढी आएको ११औँ दिनमा माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका एक चिनियाँ नागरिकको जीवितै उद्धार भयो। यो सुखद खबर छिनभरमै मिलन खरेलको परिवारसम्म पुग्यो। सोही आयोजनाको सुरुङभित्र फसेको अनुमान गरिएका मिलन पनि ती चिनियाँ नागरिकजस्तै भेटिने आशामा छ परिवार। तर, खोजी कार्य जारी रहेको १७औँ दिनसम्म (२५ भदौ) भाइको अत्तोपत्तो नपाएको मिलनकी दिदी भावनाले बताएकी छन्।
उनलाई कसैको फोन आउँदा भाइकै खबर आयो कि भन्ने लाग्छ। ‘चार्ज’मा छोडेको फोन उठाउन पाइनन् भने ‘कल ब्याक’ गरिहाल्छिन्। तर, अहिलेसम्म कसैले पनि भाइको खबर नल्याएकोमा उनी चिन्तित छिन्।
Read full story at source (nepalnews.com)