सोलुखुम्बुको हुङ्गा खोलामा पहिराे खसेर बन्याे १५ मिटर अग्लो कृत्रिम ताल
annapurnapost.com · Fri Sep 11 04:15:12 GMT 2026

काठमाडौं : सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित गुदेल क्षेत्रमा बहने हुङ्गा (हुङ्कु) खोलामा ठूलो पहिरो खसेर १५ मिटर अग्लो कृत्रिम ताल (ड्याम) बनेको छ। पहिरोले खोलाको बहाव पूर्ण रूपमा थपेपछि तल्लो तटीय क्षेत्रमा आकस्मिक बाढीको उच्च जोखिम सिर्जना भएको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुलाई उद्धृत गर्दै शुक्रबार बिहान ८:४० बजे पहिरो खसेर खोला थुनिएको जनाएको छ। बिहानैदेखि सोही स्थानमा निरन्तर थप पहिरो खसिरहेकाले तालको आकार झन् बढ्दै गएको छ।
Read full story at source (annapurnapost.com)