छ वर्षमा पनि बनेनन् अस्पताल
gorkhapatraonline.com · Fri Sep 11 04:29:16 GMT 2026

। गुल्मीका स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने योजना अघि बढेको करिब छ वर्ष पुग्न लाग्दा पनि अधिकांश अस्पताल अझै निर्माणाधीन छन् । कतिपयको काम अन्तिम चरणमा पुगे पनि केही अस्पतालको निर्माण सुरु हुन सकेको छैन । यसले स्थानीयस्तरमै आधारभूत स्वास्थ्यसेवा विस्तार गर्ने सरकारको योजना कार्यान्वयनमा ढिलाइ भएको देखाएको छ ।
२०७७ मङ्सिर १५ गते तत्कालीन सरकारले देशभरका ३९६ स्थानीय तहमा एकै दिन अस्पताल शिलान्यास गरेको थियो । गुल्मीमा पनि तत्कालीन मन्त्री, पूर्वमन्त्री, प्रदेशमन्त्री तथा प्रदेश सभा सदस्यहरू गाउँ गाउँ पुगेर १५ शय्याका अस्पताल शिलान्यास गरेका थिए । तर शिलान्यास भएको लामो समयसम्म पनि अस्पताल निर्माणले अपेक्षित गति लिन सकेन । जग्गा मापदण्ड अनुसार नहुनु, नयाँ स्थानमा जग्गा व्यवस्थापन, डिजाइन परिवर्तन, भवन निर्माण हुने स्थानमा पहिरो खस्नु र सङ्घीय सरकारको अनुमति तथा ठेक्का प्रक्रिया जस्ता कारणले निर्माणमा ढिलाइ भएको स्थानीय तहले जनाएका छन् ।
Read full story at source (gorkhapatraonline.com)