एनभीएल : काठमाडौं र कर्णाली फाइनलका लागि भिड्दै
rajdhanidaily.com · Fri Sep 11 04:41:17 GMT 2026
काठमाडौं । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को फाइनल प्रवेशका लागि आज काठमाडौं रेड्स र कर्णाली शिवराजबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा साँझ ६ः०० बजे खेल हुनेछ ।
एनभिएलमा काठमाडौं र कर्णाली दुवै जित्ने दाउमा छन्। लिग चरणमा पाँच–पाँच खेल खेलेका दुवै टोलीले चार खेलमा जित र एक खेलमा हार व्यहोरेका छन् । लिग चरणमा काठमाडौँले कर्णालीलाई ३–२ सेटले पराजित गरेको थियो । काठमाडौं सोही नतिजालाई निरन्तरता दिँदै फाइनलमा पुग्ने लक्ष्यमा छ भने कर्णाली लिग चरणको हारको बदला लिँदै उपाधि यात्रालाई बलियो बनाउने योजनामा छ ।
Read full story at source (rajdhanidaily.com)