‘आवश्यक परे नेतृत्व छाड्न तयार छु’
gorkhapatraonline.com · Fri Sep 11 04:39:39 GMT 2026

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी अधिवेशनमा आवश्यक परे नेतृत्व छाड्न तयार रहेको बताउनुभएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री स्व. गोपालमान श्रेष्ठको ४५ औँ दिनको पुण्यतिथिका अवसरमा आयोजना गरिएको शोकसभामा बिहीबार सभापति थापाले आगामी अधेवेशनमा पुनः पार्टी जाग्ने बताउनुभयो । स्व. श्रेष्ठको राजनीतिक योगदान, लोकतान्त्रिक आन्दोलनमा उहाँले पुर्याउनुभएको भूमिका तथा पार्टी र स्याङ्जाको सामाजिक–राजनीतिक क्षेत्रको योगदानको स्मरण गर्दै नेपाली कांग्रेस स्याङ्जाले शोकसभा आयोजना गरिएको हो ।
शासकीय अहङ्कारले सधैँ व्यवस्था हल्लिने गरेको बताउँदै सभापति थापाले गत भदौ २३ गतेको जेनजी आन्दोलन पनि त्यसकै प्रारूप भएको बताउनुभयो । सबै एक ठाउँमा पार्टी बलियो हुने भनिने गरे पनि त्यस्तो नभएको उहाँको भनाइ छ । सभापति थापाले सबैले कांग्रेसको महत्व कुन ठाउँमा छ हेनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मतदाता पार्टीको हुँदैन, स्वतन्त्र हुन्छ । सम्पूर्ण समर्थक, शुभेच्छुक घटाउनेतिर लाग्नु हुँदैन ।” चुनाव जित्ने र हार्ने कुरालाई महत्व राख्दा समर्थक र शुभेच्छुक परिवर्तन भएको बताउँदै थापाले फेरि एक पटक लोकप्रिय र जनताको भरोसा योग्य पार्टी बन्ने बताउनुभयो । थापाले पार्टीभित्रको फोहोर हटाउन कुनै कसर पनि नराख्ने बताउनुभयो । चार तहका कार्यकर्ता पार्टीमा रहेको बताउँदै थापाले स्व. गोपालनमान दाइले दिएको अन्तिम समयमा सबैको पालो आउने गरेर नयाँ पुस्तालाई पहिलो प्राथमिकता राख्न भने अनुसार अगाडि बढेको बताउनुभयो । सधैँ स्व. गोपालमानले पार्टी अगाडि बढाउन हौसला प्रदान गरेको सम्झिनु हुँदै उहाँले प्रजातन्त्रलाई आँच नआउने गरेर काम गरे उहाँको सच्चा सम्मान हुने बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)