३ वर्षीया बालिका हत्या प्रकरण: चौधरी २० हजार धरौटीमा र अन्य साधारण तारेखमा रिहा
annapurnapost.com · Fri Sep 11 04:33:02 GMT 2026

सिमरा : तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको घटनामा प्रतिवादी बनाइएका जीतपुरसिमरा उपमहानगरपालिका–१ का प्रोग्रेश (पुरग्रेश) चौधरीसहित १० जनालाई बारा जिल्ला अदालतले रिहा गरेको छ। न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले चौधरीलाई २० हजार रुपैयाँ धरौटी र अन्य ९ जनालाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो।
अदालतले प्रोग्रेशका बुबा इन्द्रजीत, आमा बबिता, पत्नी पुष्पा, दिदी ममताका साथै सविता चौधरी, बिन्दु चौधरी, टेकबहादुर थापामगर, नवीन विक र शेष हस्मुदिनलाई साधारण तारेखमा छाडेको छ। घटनामा उनीहरूको संलग्नता पुष्टि हुने पर्याप्त प्रमाण नदेखिएकाले रिहा गरिएको अदालतको आदेशमा उल्लेख छ।
Read full story at source (annapurnapost.com)