गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो
rajdhanidaily.com · Fri Sep 11 04:45:27 GMT 2026

काठमाडौं । काठमाडौं उपत्यकाको पूर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर ’round आज बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ । आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन भएकाले पितृभक्तको यहाँ भिड लागेको हो ।
दिवंगत पिताप्रति श्रद्धा व्यक्त गर्ने तथा यस दिन वर्षभरिका धार्मिक कृत्यमा आवश्यक पर्ने कुश घरमा भित्र्याउने परम्परा रहेकाले यसलाई कुशेऔँसी भनिएको हो । कुशलाई भगवान् विष्णुको स्वरूप मानिन्छ ।
Read full story at source (rajdhanidaily.com)