युक्रेनको सपिङ सेन्टरमा रसियाली ड्रोन आक्रमणमा परि पाँचको मृत्यु, ६७ जना घाइते
nepalviews.com · Fri Sep 11 04:49:48 GMT 2026

एजेन्सी । रसियाले युक्रेनको एक व्यस्त सपिङ सेन्टरलाई लक्षित गरी गरेको ड्रोन आक्रमणमा परी पाँच जनाको मृत्यु भएको छ भने ६७ जना घाइते भएका छन्। युक्रेनी अधिकारीहरूका अनुसार डेनिप्रोपेत्रोभ्स्क क्षेत्रको पाभ्लोह्राद शहरमा रहेको सपिङ मलमा दिनको समयमा मानिसहरूको चहलपहल भइरहेका बेला उक्त आक्रमण भएको हो।
युक्रेनका गृहमन्त्री इभान भिहिभ्स्कीका अनुसार सडकमा सर्वसाधारणको बाक्लो उपस्थिति रहेका बेला भएको उक्त प्रहारबाट धेरै पसल र सवारी साधनहरूमा क्षति पुगेको छ। क्षेत्रीय गभर्नर ओलेक्सान्डर हान्झाका अनुसार घाइते ६७ जनामध्ये आठ जना बालबालिका रहेका छन्।
Read full story at source (nepalviews.com)