शेख हसिनाकी छोरी साइमाद्वारा डब्लूएचओबाट राजीनामा
kendrabindu.com · Fri Sep 11 04:51:44 GMT 2026

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को दक्षिण–पूर्वी एसिया क्षेत्रकी प्रमुख एवं बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदले पदबाट राजीनामा दिएकी छन् ।
सन् २०२३ मा नेपालका डा. शम्भुप्रसाद आचार्यलाई हराएर उनी यो पदमा निर्वाचित भएकी थिइन् । समाचार एजेन्सी रोयटर्सले प्राप्त गरेको राजीनामा पत्रअनुसार, उनीविरुद्ध डब्लूएचओ र बंगलादेशी अधिकारीहरूद्वारा भइरहेको ठगीसम्बन्धी छानबिनका बीच राजीनामा आएको हो ।
Read full story at source (kendrabindu.com)