सोलुखुम्बुमा पहिरोले थुनियो हुङ्कु खोला, तटीय क्षेत्रमा उच्च सतर्कता
nepalnews.com · Fri Sep 11 04:58:44 GMT 2026

सोलुखुम्बु। सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित गुदेलमा खसेको पहिरोका कारण हुङ्कु खोला थुनिएको छ। पहिरोबाट खोलामा करिब १५ मिटर अग्लो र एक सय मिटर लामो बाँध बनेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक नवीनराज बुढाथोकीले जानकारी दिए।
खोला थुनिएपछि बनेको बाँध जुनसुकै बेला फुट्न सक्ने उच्च जोखिम देखिएको छ। बाँध फुटेको खण्डमा त्यसले दूधकोशी नदीमा बाढी ल्याउन सक्ने प्रहरीले जनाएको छ। प्रहरी नायव उपरीक्षक बुढाथोकीका अनुसार हाल पहिरो रोकिए पनि पुनः खस्ने सम्भावना कायमै छ। पहिरोका कारण सो क्षेत्रमा सञ्चालित दुई वटा जलविद्युत आयोजनाको कामसमेत प्रभावित भएको छ।
Read full story at source (nepalnews.com)