नेतृत्वको ‘ग्रेसफुल एक्जिट’ सहित प्रदेशहरुले दिएका थिए यस्ता सुझाव (पूर्णपाठ)
ratopati.com · Fri Sep 11 05:02:20 GMT 2026

काठमाडौँ । नेकपा (एमाले) ले पछिल्लो निर्वाचनमा व्यहोरेको अप्रत्याशित धक्कापछि पार्टीको अवस्था र भावी बाटो पहिल्याउन भन्दै महासचिव शंकर पोखरेल तयार पारेको प्रतिवेदन ओलीकै इशारामा उपाध्यक्ष रामबहादुर थापा बादलले खारेज गरिदिएका छन् ।
जविक निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलको तर्फबाट महासचिवले उक्त प्रतिवेदन सातै प्रदेश, उपत्यका, जनसंगठन, विभाग र प्रवास कमिटीहरूबाट संकलित सुझावहरूको आधारमा तयार गरेको पाइएको छ । तर आफू अनुकुलको प्रतिवेदन हुन नसकेपछि ओलीले कार्यदलका संयोजक बादललाई नै नयाँ प्रतिवेदन तयार गर्न लगाएका थिए । उक्त नयाँ प्रतिवेदनले पोखरेलको प्रतिवेदनलाई खारेज गर्दै ओली अनुकुलको बनाइएको हो ।
Read full story at source (ratopati.com)