अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बिमा गर्दै घिरिङ गाउँपालिका
gorkhapatraonline.com · Fri Sep 11 05:06:31 GMT 2026

तनहुँ, भदौ २६ गते। तनहुँको घिरिङ गाउँपालिकाले पालिकाभित्रका अपाङ्गता भएका नागरिक तथा तिनका परिवारलाई लक्षित गरी निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिएको छ । पहुँचविहीन र आर्थिक रूपमा विपन्न नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यले पालिकाले ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त व्यक्ति र तिनका अभिभावकको बिमा शुल्क आफैँ बेहोर्ने भएको गाउँपालिकाले जनाएको छ ।
विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि पालिकाले यो कल्याणकारी कार्यक्रमलाई अघि बढाएको छ । विपन्न तथा अपाङ्गता भएका नागरिकले बिमा प्रिमियम तिर्न नसकैका कारण स्वास्थ्य उपचारबाट वञ्चित हुनु नपरोस् भनेर यो कदम चालिएको गाउँपालिका अध्यक्ष होमबहादुर थापाले बताउनुभयो । “अपाङ्गता भएका व्यक्तिहरूलाई सहजरूपमा स्वास्थ्य उपचारको पहुँच पु-याउनु पालिकाको दायित्व हो,” अध्यक्ष थापाले भन्नुभयो, “यसले नागरिकलाई ठूलो आर्थिक राहत पुग्ने विश्वास लिएका छौँ ।”
Read full story at source (gorkhapatraonline.com)