फ्राईडे रिलिज : दयाहाङ भर्सेज कुल ब्वाइ
ratopati.com · Fri Sep 11 05:11:17 GMT 2026

काठमाडौँ । आज शुक्रबारबाट नेपाली चलचित्र घरमा २ नयाँ नेपाली फिल्म प्रदर्शनमा आए । फिल्म हुन् ‘पेन्सन पट्टा’ र ‘बेहुली’ । आजबाट तीन फिल्म प्रदर्शनमा आउने भनिएपनि बुधबार ‘अक्षरा’ले बाढीको कारण देखाएर प्रदर्शन तिमि परिवर्तन गरेपछि रिलिजका लागि दुई फिल्म मात्र भएको हो ।
यद्यपि, देशभरका फिल्म हल यी दुई फिल्मले मात्र पाएको छैन । किनभने आजैबाट रिलिज तीन विदेशी फिल्म र अघिल्ला साताहरूमा रिलिज भएका ‘गौँथली’, ‘तिनीहरू’, ‘पार्वती’लगायत नेपाली फिल्मले केही स्टेशन कब्जा जमाएर बसेका छन् ।
Read full story at source (ratopati.com)