आफूलाई सुम्पिएको जिम्मेवारीको पूर्णरूपमा बोध गरिरहेको छु : प्रधानमन्त्री शाह
barnanmedia.com · Tue May 26 10:30:42 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाहले आफूलाई सुम्पिएको जिम्मेवारीको पूर्णरूपमा बोध गरिरहेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार युरोपेली संघ (ईयू)मा आबद्ध मुलुकहरूका आवासीय तथा गैरआवासीय राजदूतहरूसँगको संयुक्त भेटमा उनले नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका हुन्।
‘नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन। नेपालको नीति निर्देशन स्पष्ट, स्थिर र अनुमानयोग्य हुने सुनिश्चित गर्दै हामी लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्णरूपमा प्रतिबद्ध छौँ,’ उनले भने।
Read full story at source (barnanmedia.com)