केएमसीमा नेपालमै पहिलो पटक २२ वर्षीया युवतीको मस्तिष्कको अवरुद्ध नसा चिरफारबिनै खोलियो
ratopati.com · Fri Sep 11 05:21:08 GMT 2026

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) मा नेपालमै पहिलो पटक मुटुदेखि मस्तिष्कसम्म रगत पुर्याउने प्रमुख अवरुद्ध धमनी चिरफार नगरी खोलिएको छ । धादिङकी २२ वर्षीया विपना मगरको रक्तनलीमार्फत गरिने अत्याधुनिक उपचार विधिबाट लामो समयदेखि अवरुद्ध धमनी खोलिएको हो ।
टाकायासु आर्टेराइटिस नामक रोगका कारण विपनाको मस्तिष्कमा रगत पुर्याउने प्रमुख धमनीका शाखा लामो समयदेखि पूर्ण रूपमा बन्द थिए । त्यसमाथि मस्तिष्कको दायाँ मध्य धमनी अचानक बन्द हुँदा उनलाई मस्तिष्कघात भएको थियो ।
Read full story at source (ratopati.com)