जब विद्यार्थीले क्याम्पस परिसरमा चुल्हो बाल्न थाले...
annapurnapost.com · Fri Sep 11 05:19:46 GMT 2026

काठमाडौं : प्रदर्शनीमार्गमा रहेको रत्नराज्यलक्ष्मी क्याम्पस- हजारौं विद्यार्थीले उच्च शिक्षा लिएको शैक्षिक केन्द्र। काठमाडौंबाहिरबाट आउनेहरूका लागि सर्वसुलभ शिक्षाको केन्द्र हो, रत्नराज्य। क्याम्पस परिसरमा बिहीबार बिहानै भने केही फरक दृश्य देखियो।
कलेजको पोसाक लगाएर, झोला बोकेर आएका विद्यार्थीहरू घरबाट आउँदा नै रित्तो कुकर, कराहीलगायतका केही भाँडाकुँडा बोकेर आएका थिए। कसैले फर्सी, आलु, लौकालगायतका तरकारीका पोका बोकेका थिए। काठमाडौंमा महिनौंदेखि ग्यास नपाएर भोकले रन्थनिएका विद्यार्थीहरू भेला भएर कलेज परिसरमै खाना बनाए। कसैले यताउता गएर दाउरा बटुले, कोही भने इँटा खोजेर चुल्हो बनाउन लागे, कसैले चामल पखाले त कसैले तरकारी काटकुट पारे। सबैले मिलेर खाना बनाए अनि प्लास्टिकको प्लेटमा पस्किएर बाँडीचुँडी खाए।
Read full story at source (annapurnapost.com)