राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी
nepalnews.com · Fri Sep 11 05:38:44 GMT 2026

तनहुँ। बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रद्वारा सञ्चालित कार्यक्रमले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यभन्दा बढी स्रोत सामग्री उत्पादन गरेको छ। केन्द्रले सो अवधिमा विभिन्न प्रजातिका तीन सय ३३ बाख्रा उत्पादन गर्ने लक्ष्य राखेकामा चार सय ११ बाख्रा उत्पादन गरेको केन्द्र प्रमुख राजु कँडेलले जानकारी दिए।
खरी प्रजातिका ४० बाख्रा उत्पादन गर्ने लक्ष्य राहेकामा ४८, छ सिन्हालको लक्ष्य निर्धारण रहेकामा आठ, छ बारबारीको लक्ष्य राखेकामा १०, तीन जमुनापारी क्रसको लक्ष्य राखेकामा तीन, ७० शुद्ध बोअरको लक्ष्य राखेकामा ८७, एक सय ६० बोअर क्रसको लक्ष्य राखेकामा एक सय ८४, १५ शुद्ध साननको लक्ष्य राखेकामा १६ र ३३ सानन क्रसको लक्ष्य राखेकामा ५५ बाख्रा उत्पादन भएका छन्।
Read full story at source (nepalnews.com)