सत्तापक्षलाई हेक्का होस्, आधा जनसंख्याको प्रतिनिधित्व प्रतिपक्षी बेन्चले गर्छ : दुलाल
shilapatra.com · Tue May 26 11:16:56 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई संविधानभन्दा माथि नठान्न चुनौती दिएका छन् । प्रतिनिधिसभा बैठकमा मंगलबार दुलालले संसदबाट जन्मिएको प्रधानमन्त्री संसदप्रति उत्तरदायी बन्नुपर्ने बताए । प्रधानमन्त्री शाह संविधानभन्दा माथि भए सदनमा जानकारी गराउन सत्तारुढ रास्वपालाई उनको आग्रह थियो ।
एक मिनेट भए पनि प्रधानमन्त्रीले संसदको रोस्ट्रममा उभिएर सम्बोधन गर्नुपर्ने बताए । ‘प्रधानमन्त्री संविधानभन्दा माथि हुनुहुन्छ । त्यस कारण अहिले उहाँलाई छुट दिनुपर्छ भन्ने आग्रह सरकारका तर्फबाट यो सदनमा आउनुपर्यो’, उनले भने, ‘हाम्रो दल सभामुखमार्फत सरकारको जवाफ चाहन्छ । होइन भने प्रधानमन्त्री यही संसदबाट जन्मिएको हो । यो संसदलाई प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्छ । एक मिनेट किन नहोस्, प्रधानमन्त्रीले रोस्ट्रममा आएर उभिनुपर्छ ।’
Read full story at source (shilapatra.com)