सार्वजनिक सवारी साधनको बेथिति
baahrakhari.com · Fri Sep 11 05:57:59 GMT 2026

उपत्यका भनिने तीन सहर काठमाडौँ, ललितपुर र भक्तपुर अब विस्तारित भएर काभ्रेको बनेपा र धुलिखेलसम्म पुगिसकेका छन् । यी स्थानहरूमा व्यापक रूपमा बस्तीहरू बढिरहेका छन् र जनसंख्या पनि सोही अनुपातमा बढिरहेको छ । जनसंख्याको चापअनुसार सवारी साधन पनि बढ्नु अस्वाभाविक होइन ।
काठमाडौँ उपत्यकामा दैनिक लाखौं मानिस सार्वजनिक यातायातको प्रयोग गर्छन् जसमा विद्यालय र महाविद्यालयमा अध्ययन गर्ने विद्यार्थीको हिस्सा पनि ठूलै छ । केही निजी विद्यालयले विद्यार्थी ओसारपसारका लागि आफ्नै सवारी साधनको प्रयोग गरे पनि अधिकांश विद्यार्थीको आवतजावत सार्वजनिक बसबाटै हुने गरेको छ ।
Read full story at source (baahrakhari.com)