नरेफाँट र सामाखुसीबाट ३७२ सिलिन्डर ग्यास बरामद, दुई जना पक्राउ
ratopati.com · Fri Sep 11 06:03:38 GMT 2026

काठमाडौँ । प्रहरीले काठमाडौँको नरेफाँट र सामाखुसीबाट खाना पकाउने एलपी ग्यास बरामद गरेको छ । काठमाडौँ–३२ स्थित नरेफाँटबाट १८३ थान र सामाखुसीबाट १८९ थान सिलिन्डर बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए ।
ग्यास कालोबजारी गरेको आरोपमा नरेफाँट स्थित रामेछाप ब्राण्ड ग्यास डिलरका सञ्चालक नारायण श्रेष्ठ र बसुन्धारास्थित हाम्रो सगरमाथा सहकारी संस्थामार्फत ग्यास कारोबार गर्ने प्रदीप घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । घिमिरेले २ हजार ६ सय ग्यास बेच्ने गरेको भेटिएको छ । नरेफाँटको ग्यास डिलर सञ्चालकलले स्टक राखेर अभाव देखाउँदै साँखु र चक्रपथमा लगेर धेरै मूल्यमा ग्यास बेच्ने गरेको एसपी काकीले बताए ।
Read full story at source (ratopati.com)