काठमाडौंका सुकुमबासीः २८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
corporatenepal.com · Fri Jun 19 06:48:34 GMT 2026

काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने अधिकांश महिलाले गर्भावस्थाको प्रारम्भिक स्वास्थ्य सेवा लिए पनि मातृ स्वास्थ्य सेवाको पूर्ण चक्र पूरा गर्नेको संख्या न्यून पाइएको छ।
त्रिभुवन विश्वविद्यालय, जनसंख्या अध्ययन केन्द्रीय विभाग (सीडीपीएस) ले हालै गरेको एक अध्ययन अनुसार ९२.२ प्रतिशत महिलाले कम्तीमा एक पटक गर्भपूर्व जाँच (एएनसी) सेवा लिएका थिए। तर, सुत्केरी भएपछिको सेवा (पीएनसी) सहित मातृ स्वास्थ्य सेवाका सबै चरण पूरा गर्ने महिलाको अनुपात ७१.७ प्रतिशत मात्र रहेको पाइएको छ। यसको अर्थ २८.३ प्रतिशत महिलाले स्वास्थ्य सेवाको पूर्ण चक्र पूरा गर्दैनन् ।
Read full story at source (corporatenepal.com)