गोकर्णमा पितृभक्ति [तस्बिरहरू]
hamrakura.com · Fri Sep 11 00:00:00 GMT 2026

काठमाडौँ । कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा श्रद्धालुहरूको ठूलो भीड लागेको छ। दिवंगत पितृको स्मरण तथा जीवित बुबाप्रति सम्मान प्रकट गर्न बिहानैदेखि गोकर्णेश्वर क्षेत्रमा भक्तजनको चहलपहल बढेको हो।
कुशे औंसीका दिन गोकर्णेश्वर महादेव मन्दिर परिसरमा पुगेर दिवंगत पितृका नाममा श्राद्ध, तर्पण तथा पिण्डदान गर्ने धार्मिक परम्परा रहँदै आएको छ। टाढाटाढाबाट आएका श्रद्धालुहरूले बागमती नदी किनारमा स्नान तथा तर्पण गरी पितृप्रति श्रद्धा अर्पण गरेका छन्।
Read full story at source (hamrakura.com)