अबको शिक्षा : पाठ्यभार घटाउनदेखि एआईलाई समेट्नेसम्मका सुझाव
rajdhanidaily.com · Fri Sep 11 06:11:00 GMT 2026

भक्तपुर । राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित कार्यशालाबाट पाठ्यभार घटाउनुपर्ने, शिक्षालाई रोजगार तथा उद्यमशीलतामुखी बनाउनुपर्ने र नयाँ प्रविधिसहित कृत्रिम बौद्धिकता (एआई) लाई पाठ्यक्रममा समेट्नुपर्ने सुझाव आएको छ ।
पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुरले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ को परिमार्जन प्रयोजनार्थ सातै प्रदेशमा आयोजना गरेको कार्यशालामा सहभागीहरूले वर्तमान पाठ्यक्रमलाई समयसापेक्ष, व्यवहारिक, जीवनोपयोगी र स्थानीय आवश्यकता अनुकूल बनाउनुपर्नेमा जोड दिएको जनाइएको छ ।
Read full story at source (rajdhanidaily.com)