विशेष आर्थिक क्षेत्रबाट पन्चकन्या एसएस एक्सपोर्ट बाहिर
saralpatrika.com · Fri Sep 11 06:17:35 GMT 2026

काठमाडौं । भैरहवा विशेष आर्थिक क्षेत्रमा शुरुदेखि सहभागिता जनाएको पन्चकन्या एसएस एक्सपोर्ट त्यस क्षेत्रबाट बाहिरिएको छ । विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यविधि अनुसार कम्पनीले कार्य गर्न नसकेकाले स्थापित उद्योग बाहिरिन परेको हो ।
लुम्बिनी प्रदेशमा करिब दुई दशक अगाडि भैरहवामा स्थापित विशेष आर्थिक क्षेत्रमा देशको पहिलो निर्यातमुखी औद्योगिक क्षेत्र पनि हो । त्यहाँ रहेका उद्योगले कूल उत्पादनको ७० प्रतिशत निर्यात गर्नुपर्ने हुन्छ । पन्चकन्या एसएस एक्सपोर्टले उत्पादन गर्ने मेटलको ट्याङ्की तोकिए बमोजिम निर्यात गर्न नसकेको जनाइएको छ ।
Read full story at source (saralpatrika.com)