रैथाने स्वादमा आधुनिकता र तापक्रमको असर
gorkhapatraonline.com · Fri Jun 19 07:03:13 GMT 2026

पहिले जैविक खेतीपाती मात्रै हुने ठाउँ हो मनाङ । पहिले स्थानीय प्रजातिको स्याउ, फापरखेती हुन्थ्यो र गरिन्थ्यो । मनाङको नासों गाउँपालिका–६ तिल्चेका पुराना किसान कमल घले भन्नुहुन्छ, “मनाङको मौसम फेरिएको छ । स्थानीय जातको स्याउ पाउनै मुस्किल भएको छ ।” स्थानीय स्याउ बिक्री तथा विभिन्न परिकार बनाउने गरिएको भए पनि अहिले उत्पादन घट्दा विकासे (हाइब्रिड) स्याउ लगाएको प्रशस्त देखिने उहाँ बताउनुहुन्छ ।
स्थानीय प्रजातिको जस्तो स्वाद अहिलेका स्याउमा नपाइने उहाँ बताउनुहुन्छ । “स्थानीय जातकै स्याउका दानाको आकार घटेको छ । त्यति मात्रै हो र १ फापरको मिठास, करु, गहुँ, कोलु बोडीको दाना समेत घटेका छन्,” घले भन्नुहुन्छ, “हिउँ समयमा पर्दैन, पानीको काम नै पहिले त हिउँले गर्ने हो, कहिले अर्कै समयमा परेको हुन्छ त । कहिले हिउँ नै पर्दैन । केको हुनु खेतीपाती ।”
Read full story at source (gorkhapatraonline.com)