किङ कोब्रा उद्धारमा सक्रिय बाबु–छोरा
nepalnews.com · Fri Sep 11 06:21:04 GMT 2026

हेटौंडा। “बाबु, पहिला किङ कोब्रा सुरक्षित उद्धार गर, अनि बल्ल मलाई हेर्न अस्पताल आउ।” गत जेठ १९ गते मकवानपुरको बकैया र बागमती गाउँपालिकाको सीमावर्ती देउडी डाँडामा किङ कोब्रा उद्धार गर्ने क्रममा तिघ्रामा डसेपछि हेटौंडा अस्पतालतर्फ लाग्दै गर्दा सर्प उद्धारकर्ता राजेश थापाले छोरा रोशनलाई यति भनेका थिए।
बुबालाई डसेको सर्प त्यहीं थियो। राजेश अस्पतालतर्फ लागे, रोशन भने त्यही किङ कोब्रासँग घटनास्थलमै रहे। त्यो राजेशले उद्धार गर्न लागेको १४औं किङ कोब्रा थियो। यसअघि १३ वटा किङ कोब्रा सुरक्षित उद्धार गरिसकेका उनी करिब ११–१२ फिट लामो अनुमान गरिएको उक्त सर्पलाई नियन्त्रणमा लिने प्रयासमा थिए। ठाउँ अप्ठ्यारो थियो। सर्पलाई सुरक्षित नियन्त्रणमा लिने प्रयास भइरहेका बेला त्यसले उनको घुँडाभन्दा माथि तिघ्रामा डस्यो। “त्यो ट्रयापको युद्धमा चाहिँ सर्पले जित्यो”, त्यो क्षण सम्झँदै राजेशले भने।
Read full story at source (nepalnews.com)