सोलुखुम्बुको हुङ्गा खोला पहिरोले थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
onlinekhabar.com · Fri Sep 11 06:19:05 GMT 2026

२६ भदाै, विराटनगर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका– २ र ४ मा पर्ने हुङ्गा (हुङ्कु) खोला पहिराेका कारण थुनिएको छ । शुक्रबार बिहान गएको पहिरोका कारण खोला थुनिएको हो ।
गौरीशंकर हाइड्रोपावरको हेड अफिसबाट करिब १०० मिटर तल, वडा नम्बर – २ तर्फ पर्ने क्षेत्रमा करिब ३५ मिटर अग्लो पहिरो खसेर खोला थुनिएको हो । जसका कारण खोलामा करिब १०० मिटर लामो र १५ मिटर गहिरो कृत्रिम ताल बनेको सोलुखुम्बुका प्रहरी प्रमुख डीएसपी नविनराजा बुढाथोकीले जानकारी दिए ।
Read full story at source (onlinekhabar.com)