बाढीपीडितका लागि युएसभी फर्मास्युटिकल्सको १ करोड ५० लाख सहयोग
aarthiknews.com

काठमाडौं । नेपालमा हालै आएको बाढीबाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै युएसभी फर्मास्युटिकल्सले नेपाल चिकित्सक संघको राहत अभियानका लागि १ करोड ५० लाख रुपैंयाँ सहयोग उपलब्ध गराएको छ । बाढीबाट गम्भीर रूपमा प्रभावित तथा आर्थिक रूपमा विपन्न परिवारलाई तत्काल आवश्यक राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले उक्त रकम नेपाल चिकित्सक संघको नेतृत्वमा सञ्चालित राहत अभियानमा प्रदान गरिएको हो ।
युएसभी फार्माको सहयोगबाट नेपालका विभिन्न बाढी प्रभावित क्षेत्रमा रहेका करिब ३०० घरधुरीका १५०० व्यक्ति प्रत्यक्ष रूपमा लाभान्वित हुने छन् । रसुवा, नुवाकोट र धादिङमा हालैको हिमबाढी तथा त्यसबाट उत्पन्न परिस्थितिका कारण धेरै परिवारले घर, खाद्यान्न, लत्ताकपडा तथा दैनिक जीवनमा आवश्यक पर्ने आधारभूत सामग्री गुमाएका छन् ।
Read full story at source (aarthiknews.com)