मेयर राजेशमान सिंहसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी
hamrakura.com · Tue May 26 00:00:00 GMT 2026
वीरगञ्ज । जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको नाममा जारी गरिएको पक्राउ पुर्जीको चलानी नं. २३९१२ रहेको छ ।
अर्काकी छोरीलाई आफ्नै सन्तान कायम गरी झुटो विवरणका आधारमा जन्मदर्ता, नागरिकता, राहदानी लगायतका सरकारी कागजात बनाएको गम्भीर अभियोगमा गत जेठ १ गते अदालतमा चारवटा मुद्दा दर्ता भएसँगै उनीहरूविरुद्ध कानूनी कारबाही अघि बढाइएको हो।
Read full story at source (hamrakura.com)