उजुरीपछि अख्तियारको छापा
rajdhanidaily.com · Fri Jun 19 07:19:35 GMT 2026

भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा नदीजन्य पदार्थ उत्खनन तथा ठेक्का व्यवस्थापनका सम्बन्धमा अनुसन्धान अघि बढाएको छ । ठेक्का व्यवस्थापनमा अनियमितता भएको उजुरीपछि अख्तियारले सम्बन्धित कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो ।
नदीजन्य पदार्थको उत्खनन, घाटगद्दी व्यवस्थापन तथा ठेक्का प्रक्रियामा अनियमितता भएको आरोपमा परेको उजुरीका आधारमा अख्तियारको टोली गाउँपालिकामा पुगेर आवश्यक कागजात सङ्कलन गरेको हो । स्थानीयवासीले नदी दोहन, मापदण्डविपरीत उत्खनन तथा बिक्री प्रक्रियामा अनियमितता भएको गुनासो गर्दै आएका थिए ।
Read full story at source (rajdhanidaily.com)