शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना संकलन
nepalnews.com · Fri Sep 11 06:49:00 GMT 2026

गण्डकी। यही भदौ १० गते भोटेकोशीको बाढीमा परी ज्यान गुमाएकाको शव पहिचानका लागि पोखरामा अहिलेसम्म २५ आफन्तको ‘डिएनए’ नमुना संकलन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार बाढीपछि सम्पर्कविहीन भएकाहरुको खोजी तथा शव पहिचानका लागि उनीहरुका आफन्तको ‘डिएनए’ नमुना संकलन भइरहेको छ। ‘डिनएन’ का लागि निवदेन, मञ्जुरीनामा फाराम भर्ने र रगतको नमुना स.कलन गर्ने कार्य एकीकृत रुपमा जिल्ला प्रहरी कार्यालयबाट भइरहेको उनले बताए।
Read full story at source (nepalnews.com)