नलेज इकोनोमी : नेपालको सय अर्ब डलरको बाटो
annapurnapost.com · Fri Sep 11 06:47:47 GMT 2026

संसार यति तीव्र गतिमा नलेज–बेस्ड इकोनोमीमा अगाडि बढिसक्दा पनि नेपालको विकास बहस भने अझै पनि परम्परागत विषयमै अल्झिएको छ। हामी अझै पनि सडक, पुल, रेमिट्यान्स र परम्परागत कृषिको कुरा गरेर २१ औं शताब्दीको डिजिटल दौड जित्ने सपना देखिरहेका छौं।
फोब्र्सको २०२६ को विश्व अर्बपति सूचीले यसलाई अझ प्रस्ट पार्छ। हाल संसारभर ३ हजार ४ सय २८ अर्बपति छन्, जसको कुल सम्पत्ति २०.१ ट्रिलियन डलर छ। यीमध्ये कम्तीमा ८६ जनाको सम्पत्ति पछाडि कृत्रिम बुद्धिमत्ता (एआई) को सीधा हात छ। अझ अचम्मको कुरा, पछिल्लो एक वर्षमा मात्रै ४५ जना नयाँ व्यक्तिहरूएआई–संबद्ध व्यवसायकै कारण अर्बपति बनेका छन्।अब नेपालको प्रश्न यही हो— यो परिवर्तनमा हामी कहाँ छौं ?
Read full story at source (annapurnapost.com)