ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
gorkhapatraonline.com · Fri Sep 11 06:58:29 GMT 2026

ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा व्यवस्था लागू गरिएपछि राजधानीका बासिन्दाको दैनिक आवागमन प्रभावित भएको छ । प्रमुख सडकमा ब्यारिकेड, जाँचस्थल र ट्राफिक प्रतिबन्ध लगाइनुका साथै हजारौँ सुरक्षाकर्मी परिचालन गरिएको छ । सरकारले आवागमन सहज बनाउन सार्वजनिक बिदासमेत दिएको छ ।
सरकारी कार्यालय, विद्यालय तथा धेरै निजी व्यवसाय बन्द गरिए पनि कार्यालय जाने कर्मचारी, डेलिभरी चालक र दैनिक ज्यालादारीमा काम गर्नेका लागि प्रतिबन्धले समस्या थपेको छ । सडक बन्द तथा मार्ग परिवर्तनका कारण छोटो दूरीको यात्रा पनि लामो बनेको र कतिपय क्षेत्रमा ट्याक्सी भाडा बढेको बासिन्दाले बताएका छन् ।
Read full story at source (gorkhapatraonline.com)