भैरहवाको क्यासिनोमा छापा, जुवा खेलिरहेको अवस्थामा ५ नेपालीसहित ६ जना पक्राउ
barnanmedia.com · Fri Sep 11 06:54:25 GMT 2026

भैरहवास्थित एक क्यासिनोमा जुवा खेलिरहेको आरोपमा पाँच जना नेपाली नागरिक र एक भारतीय नागरिक पक्राउ परेका छन्।
प्रहरीका अनुसार बिहीबार जुवा खेलिरहेको अवस्थामा म्याग्दीको बेनी नगरपालिका–७ बेनी बजारका ४८ वर्षीय नारायण घर्ती, कास्कीको पोखरा महानगरपालिका–१५ का ४७ वर्षीय रोशन केसी, पोखरा महानगरपालिका–१७ बिरौटाका ३९ वर्षीय सुदीप आचार्य, रुपन्देहीको बुटवल उपमहानगरपालिका–६ नेपालगञ्ज रोडका ४६ वर्षीय रामु श्रेष्ठ र बुटवल उपमहानगरपालिका–३ सिमानगरका ३६ वर्षीय चन्द्रप्रसाद श्रेष्ठ पक्राउ परेका हुन्।
Read full story at source (barnanmedia.com)