स्पेनको कोस्टाब्लाङ्कामा बाढीपहिरो पीडितको सम्झनामा शोकसभा
gorkhapatraonline.com · Fri Sep 11 07:14:09 GMT 2026

नेपालमा हालै आएको बाढीपहिरोमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवारमा ऐक्यबद्धता जनाउँदै स्पेनस्थित नेपाल समाज एसोसिएसन, कोस्टाब्लाङ्का र गैरआवासीय नेपाली संघ (एनआरएनए), क्षेत्रीय समिति कोस्टाब्लाङ्काको संयुक्त आयोजनामा शोकसभा सम्पन्न भएको छ ।
कार्यक्रममा समाजका अध्यक्ष केसरबहादुर थापाले बाढीपहिरोमा परी ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । उहाँले बेपत्ता नागरिकको तत्काल खोज तथा उद्धार गर्न नेपाल सरकारसँग आग्रह गर्दै प्रभावित परिवारलाई आवश्यक राहत उपलब्ध गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)