अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार
gorkhapatraonline.com · Fri Sep 11 07:14:52 GMT 2026

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पाँच वटा विशेष प्याकेज अघि बढाउन लागेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८ औँ वार्षिक साधारणसभामा उहाँले अर्थतन्त्र सुधारका लागि विभिन्न क्षेत्रलाई समेटेर पाँचवटा प्याकेजमार्फत काम अघि बढाइरहेको जानकारी दिनुभयो ।
अर्थमन्त्रीले पहिलो प्याकेज अन्तर्गत भोटेकोशी बाढीबाट भएको क्षतिको पुनरुत्थान तथा पुनः स्थापनाका लागि आवश्यक काम भइरहेको बताउनुभयो । बाढीबाट प्रभावित उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई राहत र पुनः स्थापनाका लागि अध्ययन भइसकेको उहाँले जानकारी दिनुभयो । दोस्रो प्याकेज अन्तर्गत शिथिल पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै १० देखि १२ बुँदे नीतिगत सुधारको योजना ल्याइने तयारी भइरहेको उहाँले बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)