हानी नोक्सानी कोषले ‘पैसा दिने प्रतिबद्धता गरेको छैन’
annapurnapost.com · Fri Sep 11 07:14:59 GMT 2026

काठमाडौं : अर्थ मन्त्रालय र कृषि,वन तथा वातावरण मन्त्रालयले भोटेकोशी बाढीपछि आकस्मिक सहयोगको माग गर्दै हानि–नोक्सानी कोषमा पत्राचार गरेको थियो। तर,हानि–नोक्सानी कोषले जवाफमा नेपाललाई पैसा दिने कुनै प्रतिबद्धता जनाएको छैन। कोषले नेपालमा भएको विनाशकारी बाढी र व्यापक हानि–नोक्सानीप्रति सहानुभूति जनाउँदै नेपाली जनताप्रति ऐक्यबद्धता जनाउने प्रतिबद्धता भने व्यक्त गरेको छ।
बोर्डले पठाएको जवाफमा नेपाललाई आकस्मिक सहयोग गर्न कुनै निश्चित रकमसहितको प्रतिबद्धता नजनाइएको प्रकृति रिसोर्स सेन्टरका कार्यकारी राजु पण्डित क्षेत्रीले बताए। ‘तिमीहरूलाई दुःख परेको छ,हामी ख्याल गर्छौं भन्दैमा हुँदैन। यस्तो चिठीको खासै महत्व हुँदैन। हामी सहयोग गर्छौं भनेका छन्,तर कुनै रकममा प्रतिबद्धता देखाएका छैनन्,’उनले भने। यस विषयमा छलफल भइरहेको उनले बताए।
Read full story at source (annapurnapost.com)