‘ग्रीन आर्मी नेपाल’को नामबाट हटाइँदै ‘आर्मी’ शब्द, पोशाक पनि परिवर्तन हुने
barnanmedia.com · Fri Sep 11 07:13:34 GMT 2026

मुनाफा वितरण नगर्ने संस्थाका रूपमा २०७७ सालमा दर्ता भई वातावरण संरक्षण, सरसफाइ तथा सामाजिक सेवामा क्रियाशील ‘ग्रीन आर्मी नेपाल’ ले आफ्नो संस्थाको नामबाट ‘आर्मी’ शब्द हटाउने र पोशाकको स्वरूप परिमार्जन गर्ने भएको छ ।
संस्थाका संस्थापक प्रमुख सबिन शर्माद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय (कम्पनी रजिस्ट्रारको कार्यालय) को निर्देशन बमोजिम नियमावली तथा प्रबन्धपत्र संशोधन गरी संस्थाको नामबाट ‘आर्मी’ शब्द हटाउन कानुनी प्रक्रिया अघि बढाइएको हो । नयाँ नाम तोकिएपछि आधिकारिक रूपमा सार्वजनिक गरिने संस्थाले जनाएको छ ।
Read full story at source (barnanmedia.com)