आहा रारा गोल्ड कपबाट ३ लाखभन्दा बढी बचत
ratopati.com · Fri Sep 11 07:34:33 GMT 2026
पोखरा । २५औँ संस्करणको आहा रारा गोल्ड कपबाट ३ लाख २१ हजार रुपैयाँ बचत भएको छ । सहारा क्लब पोखराले गत फागुन प्रतियोगिता गरेको थियो।
शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको आयव्यय सार्वजनिक गरिएको हो । प्रतियोगितामा १ करोड ३३ लाख २३ हजार आम्दानी भएको थियो । त्यसमध्ये १ करोड ३० लाख १ हजार रुपैयाँ खर्च भएको छ । बचत रकम क्लबले सञ्चालन गर्दै आएको सहारा एकेडेमीमा लगानी गरिने अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।
Read full story at source (ratopati.com)