मोरङ कारागारभित्र प्रहरीको सर्च अपरेसन : १० लाख नगद भेटियो, कसले पुर्यायो मोबाइल र फलामे रड ?
lokaantar.com

जिल्ला कारागार मोरङको ‘बी’ ब्लकमा लामो समयदेखि केही कैदीबन्दीको प्रभाव रहेको भन्दै सुरक्षा व्यवस्थामाथि प्रश्न उठ्दै आएको थियो। प्रहरीका अनुसार त्यहाँ सहज रूपमा सर्च गर्नसमेत कठिनाइ हुने गरेको थियो। यही कारण दुई चरणमा ३७ कैदीबन्दीलाई अन्य कारागारमा स्थानान्तरण गरेपछि बिहीबार प्रहरीले ‘बी’ ब्लकमा सर्च गर्यो।
सर्चका क्रममा निषेधित दुई थान मोबाइल, आठ वटा फलामे रड र १० लाख ३ हजार १ सय ५५ रुपैयाँ नगद बरामद भएको हो ।
Read full story at source (lokaantar.com)