होल्डिङ सेन्टरमा रहेकालाई स्वास्थ्य सेवा प्रदान गर्न सरकारलाई निर्देशन
baahrakhari.com · Fri Sep 11 07:34:59 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले घुम्ती स्वास्थ्य टोलीमार्फत होल्डिङ सेन्टरमा रहेका दीर्घरोगी, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकालाई सेवा प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले होल्डिङ सेन्टरमा रहेका दीर्घरोगी, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाका लागि घुम्ती स्वास्थ्य टोलीमार्फत प्रारम्भिक स्क्रिनिङ, नियमित औषधिको निरन्तर आपूर्ति तथा जटिल बिरामीको समयमै उपचार र फलोअप सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको हो ।
Read full story at source (baahrakhari.com)