हाम्रो पात्रो प्रयोगकर्ताबाट विपद् कोषमा एक करोड २५ लाख सहयोग
himalpress.com · Fri Sep 11 07:36:22 GMT 2026

काठमाडौँ- हाम्रो पात्रोका प्रयोगकर्ताहरूले सामूहिक रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु। १ करोड २५ लाख सहयोग गरेका छन्। नेपालमा हालै भएको विनाशकारी विपद्बाट प्रभावित परिवार तथा समुदायको राहत, पुनःस्थापना र पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम जुटाइएको हो।
हाम्रो पात्रो कम्युनिटिका तर्फबाट उक्त सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। सहयोग रकमसँगै यस अभियानमा योगदान गर्ने सम्पूर्ण सहयोगीहरूको नामावलीसमेत सरकारलाई बुझाइएको छ।
Read full story at source (himalpress.com)