‘पाँच किलो मल लिन पाँच घण्टा लाइन !’
nagariknews.nagariknetwork.com · Tue May 26 13:12:16 GMT 2026

रोपाइँको मुखमा रासायनिक मल नपाएको गुनासो किसानहरूले गरेका छन्। भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९, ताथलीले मंगलबार गरेको वडास्तरीय सार्वजनिक कार्यक्रममा सहभागी किसानहरूले रोपाइँका लागि पर्याप्त रासायनिक मल नपाएको गुनासो गरेका हुन्। खेतीपातीको मुख्य समयमा किसानहरूले रासायनिक मल पाउन सास्ती खेप्नुपरेको गुनासो उनीहरूले गरे। नेपालीहरूको मुख्य बाली धान हो र अहिले धान रोप्ने सिजन सुरु हुने क्रममा छ।
सार्वजनिक कार्यक्रममा सहभागी ८० वर्षीय स्थानीय किसान केशरबहादुर खड्काले कृषिप्रधान देशमा किसानहरू जहिल्यै समस्यामा पर्ने गरेको भन्दै आक्रोश पोखे। “अहिले धान रोप्ने सिजन सुरु हुँदैछ, तर धान रोप्नका लागि चाहिने पाँच किलो मल लिन पाँच घण्टा लाइन बस्नुपरेको छ,” उनले भने।
Read full story at source (nagariknews.nagariknetwork.com)