बाढी प्रभावितलाई बुटवलका व्यवसायी पौडेलको २५ लाख २५ हजार सहयोग
lokaantar.com

बुटवलका व्यवसायी एवं सामाजिक अगुवा थानेश्वर पौडेलले बाढी प्रभावित नागरिकको राहतका लागि २५ लाख २५ हजार रुपैयाँ सहयोग गरेका छन् । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित विभिन्न जिल्लाका नागरिकको राहतका लागि पौडेलले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् ।
पौडेलले व्यक्तिगतरूपमा यो रकम कोषमा जम्मा गरेको बताए । पौडेल मानव धर्म सेवा समिति बुटवलका स्वयंसेवी र शाइन रेसुंगा डेभलपमेन्ट बैंक सञ्चालक समितिका अध्यक्ष समेत हुन् ।
Read full story at source (lokaantar.com)