उजाड बस्तीमा मालिक पर्खिरहेका कुकुर
gorkhapatraonline.com · Fri Sep 11 08:06:38 GMT 2026

भदौ १० गते बिहान आएको भोटेकोशी हिमबाढीले नदी आसपासका बस्ती तहसनहस बनायो । बाढीबाट ज्यान जोगाउन मानिसहरू भागे । कतिपय घरपालुवा कुकुर पनि उनीहरूसँगै बाँच्न सफल भए । तर घरभित्र बाँधिएका धेरै कुकुरले भाग्ने अवसर पाएनन् । कतिपय कुकुर भने घरधनीसँगै बाढीमा परे ।
बाढी रोकिएपछि बाँचेका कुकुरका लागि न घर बाँकी रह्यो, न त मालिक । हिजोसम्म मानिसको चहलपहल हुने बस्ती बगरमा परिणत भयो । उनीहरू भने त्यही बगरमा मालिकको खोजीमा भौँतारिन थाले । कोही घर भएको ठाउँको भग्नावशेष कोतर्न थाले, कोही मानिसको भीडमा परिचित अनुहार खोज्दै हिँडे ।
Read full story at source (gorkhapatraonline.com)