राजदूतलाई प्रम कार्यालय बोलाई सहयोगीले सोधपुछ गरेको भन्दै उठ्यो संसद्मा प्रश्न
barnanmedia.com · Fri Jun 19 08:56:26 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान अयोगका आयुक्त तथा अधिकारीलाई बोलाएर बन्धक बनाएको घटनाले संवैधानिक निकायको स्वतन्त्रता माथि गम्भीर हस्तक्षेप गरेको बताएकी छिन्। यस्तै जर्मनीका राजदूतलाई कार्यालयमा बोलाएर प्रधानमन्त्रीका सहयोगीहरुले सोधपुछ गरेको घटना सार्वजनिक भएको भन्दै उनले गम्भीर प्रश्न उठाइन्।
‘प्रम कार्यालयका सल्लाहकार र सहयोगीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी तथा अधिकारीलाई निर्देशन मात्र दिएनन, झन्डै ९ घण्टासम्म नियन्त्रणमा राखेजस्तै अवस्था सिर्जना गरी आफूहरुले चाहेअनुसार कदम चाल्न दवाब दिएको आरोप सार्वजनिक भएको छ’, सांसद ओलीले भनिन्, ‘यति मात्र होइन नेपालको दशकौँको प्रयासबाट निर्माण भएको कुटनीतिक प्रतिष्ठामाथि समेत अघात पुगेको समाचार आएका छन्। कुटनीतिक नियोगका प्रतिनिधिको मर्यादामाथि प्रश्न उठ्ने गरी व्यवहार भएको छ। नयाँको नजिर आखिर यही हो? यस्तो व्यवहारले अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवि र विश्वसनियतालाई कहाँ पुर्याउँछ ?’
Read full story at source (barnanmedia.com)